मेलौली न्यूज
पुस १९ मंगलबार,२०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मंगलबार पनि बस्दैछ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले मंगलबार पनि बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।