डडेल्धुरामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्यो

पुस २३, २०७९
डडेल्धुरा- डडेल्धुरामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्दै गएको छ । शुक्रबार डडेल्धुरा जिल्ला अदालतले आयोजना गरेको अन्तरक्रियामा सबैभन्दा बढी मुद्धा सम्बन्ध बिच्छेदकै आउने गरेको जनाइएको छ । 
गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र चालू आर्थिक वर्षमा दर्ता भएका गरी जम्मा मुद्वाको संख्या ९२ रहेको जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले जानकारी दिए । 
९२ मुद्वामध्ये अहिलेसम्म २७ मुद्वाको फैसला भइसकेको छ भने बाँकी विचाराधिन रहेका उनले बताए । सबैभन्दा बढी २७ वटा मुद्वा सम्बन्ध बिच्छेदका दर्ता भएका छन भने १० मुद्वाको फैसला भइसकेको उनको भनाई छ । 
यस्तै डडेल्धुरा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदपछि सबैभन्दा बढी अर्थात १२ वटा चेक अनादरका मुद्वा रहेका छन । यस्तै लेनदेन र जवरजस्तीकरणीका ७÷७, सवारीका ज्यानका ५, जवरजस्तीकरणी उद्योगका ४, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका ३÷३ वटा मुद्वा रहेका छन । 
यस्तै ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाउँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आमदअनुसार खानलाउन, हाडनाता करणी, वकसपत्र बदर गरिपाउँ, नकवजनी चोरी, आत्महत्या दुरुत्साहन र लागूऔषधका एक÷एक मुद्वा रहेका छन ।

Leave A Reply

Your email address will not be published.