मेलौली न्यूज
पुस २६ मंगलबार,२०७९
स्वदेशमा काम नपाएर
खाडीमा मजदुरी गर्दै
घर फर्किदा
अब, मोबाइल मात्र होइन
तपाईंले एक्स्ट्रा कट्टु ल्याए पनि
भंसार लाग्न सक्छ !!
के सोच्नु भा तपाईंले ?
बर्ता नबोल्नुस ।
याँहा ठुलाबडा हरुका
महंगा गाडी, अनी
आलिसान महल र विलाशी जीवको लागी
मोबाइल मात्र होइन
अब, तपाईंले एक्स्ट्रा कट्टु ल्याए पनि
भंसार लाग्न सक्छ !!
तपाईं लाई था छैन ?
जिन्दगी भर जोहो गरेको पैसाले
पचास हजारको
एउटा जाबो बाइक किन्दा
याँहा जहानियाहरुको
घरखर्च चलाउन
दुइ लाख कर बुझाउनु पर्छ
तपाईं मोबाइलको के कुरा गर्नु हुन्छ ?
अब त एक्स्ट्रा कट्टु ल्याए पनि
भंसार तिर्नु पर्छ !
हो ! हामीले जोहो गर्नैइइइ पर्छ !!
यस्ता नियम बनाउनेहरुको लागी
यस्ता कानुन बनाउने हरुका लागी, अनी
डन हरुलाई
याँहा साशक बनाउनको लागी
हो१ हामीले कर तिर्नै पर्छ
मोबाइल र भंसारका कुरा नगर्नु अब
तपाईंले एक्स्ट्रा कट्टु ल्याए पनि
भंसार लाग्न सक्छ !!
बरु, फर्केर फेरी खाडी जानलाइ
चिन्ता नलिनु !
तपाईं लाई था छैन?
अब त बिना ढेउवा, फ्री भिसामा
तपाईंको लागी
खाडीमा गएर,
पचास डिग्रीको त्यो चर्को घाममा
काम गर्ने व्यवस्था आउदैछ
जिउँदो फर्के ठिकै छ, मरे पनि ठिकै छ
तर, रातो बाकसमा आउदा
तपाईंको आफन्त, नझुक्कीउन है फेरी!
याँहा लाशको बाकस ल्याउदा पनि
भंसार लाग्न सक्छ !!
तर, तपाईं खाडीमा भए पनि
देशको माया नमार्नु !
याँहा यस्तै व्यवस्था ल्याउनको लागी
अझैं क्रान्ति हुनसक्छ, अनी
तपाईंले युद्ध लड्न पर्छ
हाम्रा साशक हरुको लागी
तपाईं युद्धमा मरे पनि, मारिए पनी
केहि छैन
तपाईंको होरु थाहा नहुन सक्छ !
तर, कहिल्लेई बिर्सने छैनन
सम्झीइइइ रहने छन, शासकहरु
तपाईं लाई ज्ञात-अज्ञात शहिद भनेर!!
तिम्री बिधवा श्रीमती, अनी
टुहुरा छोराछोरीको, कतै चिन्ता नलिनु !
याँहा खाना बनाउन, घर घरमा
ग्याँसको पाईप जोडिने छन
जमिन मै चल्ने
पानि जहाज नि आउदैछ अरे !
अग्ला पहाड हरुमा, रेल पनि चल्छ रे !
अनी, सस्तोमा
घरका समान ढुवानी हुनेछन,
रेलका टिकट फ्री हुनेछन, यसकारण
साथी !अब मोबाइल मात्र होइन
तपाईंले एक्स्ट्रा कट्टु ल्याए पनि
खुरुक्क भंसार तिर्नु होला !!
यो कबिताका लेखक जनक सिंह नेगी हुनुहुन्छ । उहा सुदुरपश्चिम बिश्वविद्यालयका उप-प्राध्यापक हुनुहुन्छ ।