बैतडीमा नेपाल इण्डो टी-२० क्रिकेट प्रतियोगिता शुरु

मेलौली न्यूज
पुस २७ बुधबार,२०७९

प्रथम नेपाल– इण्डो खुला टी-२० क्रिकेट प्रतियोगिता बुधबार शुरु भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।

यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार ५००य, बेस्ट बलरलाई नगद एक हजार ५, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन् ।
सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष चन्दले बताए।

Leave A Reply

Your email address will not be published.