जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १४ जना घाइते

जुम्ला – जुम्लामा आज सोमवार जीप दुर्घटना एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा पातारासी गाउँपालिका १ का छोदेन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब निरीक्षक यमबहादुर बुढाले बताउनुभयो ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.