मेलौली न्यूज
माघ १७ मंगलबार, २०७९
काठमाडौं-लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
नेकपा ९एमाले० बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको एक पद रिक्त भएको थियो।
निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत प्रदान गरि सकिएको जानकारी दिनभयो। निर्वाचनमा नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा ९एमालें बाट कुमार दसौती र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रविर राय उम्मेदवार रहेका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँच जना मतदाता छन्। राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।