जनता आधारभुत विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बैतडी- पाटन नगरपालिका वडा नं १ स्थित जनता आधारभुत विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न कार्यक्रम मंगलबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव दत्त भट्टराईको सभापतित्व तथा पाटन नगरपालिका वडा न .१ का वडा अधयक्ष तर्क सिंह ठगुन्नाका प्रमुख आतिथ्य तथा भुतपुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी गणेश बहादुर चन्दकोे बिशिष्ट आतिथ्यमा कार्यकम्र सम्पन्न भएको हो।
३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमामा जनता आधारभुत बिद्यालयका प्रधानाध्यापक कृष्ण दत्त भट्टराईले बिद्यालय स्थापना कालदेखि सहयोग गर्ने ब्यक्तिहरुलाइ धन्यवाद ज्ञापन का साथसाथै बार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.