बैतडीको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ गतेदेखि पाटनमा हुने

बैतडी- बैतडीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाटनमा हुने भएको छ ।जिल्ला खेलकुद विकास समिति बैतडी अध्यक्ष चमन कुमार  भण्डारीले  प्रतियोगिता  कृष्ण माविको खेलमैदानमा हुने  बताए ।

जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी  गरेर  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा हुने भनिए पनि सबैका लागि  पाइक पर्ने स्थान पाटन रहेकाले पाटनमा गर्ने निर्णय भएको जनाएको छ । प्रतियोगिता १२ गतेदेखि १४ गतेसम्मसञ्चालन हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.