जिल्लास्तरीय रनिङ शिल्डका लागि पञ्चेश्वर बन्द प्रशिक्षण

बैतडी- बैतडीको पाटनमा फागुन १२ गतेदेखि शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागी पञ्चेश्वरमा बन्द प्रशिक्षण जारी रहेको छ । जिल्ला खेलकुद विकास समितिकोे आयोजनामा पाटन नगरपालिकामा हुने प्रतियोगिताको तयारी सुरु गरिएको पञ्चेश्वर गाउपालिका खेलकुद विकास समिति अध्यक्ष नविन भण्डारीले बताए । जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको हो। प्रतियोगिता फागुन १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.