बैतडी- बैतडीको पाटनमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ । शनिबार देखि कृष्ण माविको खेलमैदानमा प्रतियोगिता सुरु हुन गइरहेको छ । पालिकास्तरीय रनिङ शिल्डका आयाजनागरी खेलाडी छनौट समेत पुरा गरेको १० वटै स्थानीय तहहरुले सहभागिता जनाउने भएका छन् ।
छात्रछात्रा भलिबल, छात्रछात्रा एथ्लेटिक्स र कराते तथा तेक्वान्दोका खेलहरु खेलाइने जिल्ला खेलकुद समितिले जनाएको छ । खेलमैदान तयार भएको र औपचारिक कार्यक्रमस्थलको तयारी बिहान गरिने जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए ।