बैतडी -बैतडीको पाटनमा जारी जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा रिले दौडमा मेलौलीले स्वर्ण जितेको छ । शनिवार भएको ४ × ४०० मिटरको रिले दौडमा मेलौलीकी प्रतिक्षा चन्दको टिमले स्वर्ण हात पारेको हो । यो संगै हाल सम्म मेलौली सर्वाधिक ९ स्वर्ण हात पारेको छ । रिले दौडमा दशरथचन्द नगरपालिकाकी जानबी मौनीको टिमले रजत र पाटन नगरपालिकाकी प्रमिला भण्डारीले कास्य पदक हात पारे ।