मेलौलीमा सहयोगि सहजकर्ताका लागि एकदिने सिप बिकास तालीम सम्पन्न

बैतडी-मेलौलीमा सहयोगि सहजकर्ताहरुका लागि एकदिने अन्तर ब्यक्ति संचार तथा सिप बिकास तालीम सम्पन्न भएको छ। सामाजिक बिकास सचेतना समाज स्वदेश बैतडीद्धारा सञ्चालीत सुआहाराको आयोजनामा एकदिने तालिम बुधबार सम्पन्न भएको पालीका पोषण सहजकर्ता जन्तरा भट्टले जानकारी दिनभयो।

दुई महिना अगाढि पनि सञ्चालन गरिएको यहि तालिमले समाजमा के कति प्रगति भयो, तालिममा सिकाईएका कुराहरु कत्तिसम्म कार्यान्वयन हुन सके र बच्चाहरुको अवस्था केछ भनि पुःन समिक्षात्मक तालिम गरिएको पालिका पोषण सहजकर्ता भट्टले बताउनुभयो।

तालिममा मेलौली नगरपालीका भरिका सम्पूर्ण वडाहरुबाट महिला हरुको सहभागिता रहेको थियो। तालिममा सहभागिहरुलाई हजार दिने आमाको परिचयका साथै महत्व र पोषण तथा स्वास्थ्य सुधारका लागि सिफारिस गरिएका ब्यबहारहरु, ब्यबहार परिबर्तनका लागि प्रभावकारी परामर्शको तरिका, किशोरि गर्भवति तथा दुई बर्ष मुनिका बच्चाको खानामा बिविधिकरण, मातृ पोषण र स्तनपानको महत्वको बारेमा जानकारी दिनुभयो।

यसैगरि तालिमको पुुरक तथा थप खाना, ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषणको लेखाजोखा, बच्चाको पाखुरको नापजाच, खानेपानि तथा सरसफाई, भन्छिन आमा रेडियो कार्यक्रम, बाल संक्षरण अनुदान र सहयोगि सहजकर्ताहरुको कार्ययोजनाको बारेमा छलफल गरिएको थियो।

तालिममा सहभागिहरु महिलाहरुले २ बर्ष मुनिका बच्चाहरुको पुरक वा थप खानाको महत्व बुझ्न र बुझाउन सक्षम भएका छन। बच्चाको खानामा हुनुपर्ने बिशेषताहरुका साथै खानाका बिभिन्न समुहका बारेमा बताउन सक्ने, बच्चाको खानालाई बिविधिकरण गर्दाहुने फाईदाहरुका बारेमा जानकारी दिनसक्ने, बच्चाको पाखुरको नापजाच गर्नसक्ने र अण्डा उपभोगको महत्व बताउन सक्ने भएको पोषण सहजकर्ता भट्टले बताउनुभयो।

तालिममा सिकाईएका कुराहरुलाई अझ शशक्त हिसाबले आफ्नो वडामा लागु गर्न र कुपोशित बच्चाहरुको पहिचान गरि स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि पहल गर्न सहभागिहरुलाई निर्देशन समेत दिइएको थियो।

Leave A Reply

Your email address will not be published.