बैतडी -महालक्ष्मी विकास बैंक पाटन साखाले पाटन नगरपालिका–१ को श्री कैलाश आधारभूत विद्यालयलाई शैक्षिक तथा भौतिक समाग्री सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई आवश्यक समाग्री प्रदान गरिएको महालक्ष्मी बैंक पाटन साखाले जनाएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयमै गई १ थान स्टिल दराज, ७ वटा पलास्टिक कुर्सि, ३ वटा ह्वाइट् बोर्ड विद्यालयलाई उपलब्ध गराएको वडाअध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिए।प्रत्येक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न संस्थाहरुलाई आवश्यक समाग्री वितरण गर्दै आएको महालक्ष्मी विकास बैंक पाटन साखाले यो बर्ष कैलाश आधारभूत विद्यालयलाई शैक्षिक समाग्री वितरण गरेको हो । गत वर्ष पाटन ४ मा रहेको भुमेश्वर माविलाई बिभिन्न समाग्री हस्तान्त्रण गरेको थियो ।