होलीमा अमर्यादित र उच्छृखल व्यवहार नगर्न प्रशासनको आग्रह

बैतडी- यही फागुन २२ र २३ गते मनाइने हिन्दुहरुको महाँन चाँड मध्येको एक फागुन पुर्णिमा अर्थात होली पर्वमा अमर्यादित र उच्छृखल व्यवहार नगर्न बैतडी प्रशासनले आम नागरिकहरुलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले कसैको इच्छा विपरित रंग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवान गर्ने, नशालु पदार्थ खुवाउने लगायतका अवान्छित गतिविति नर्गन भन्दै सचेत गराएको हो । यस्ता अवान्छित गतिविधि गरेको पाइएमा कानून अनुसार कारबाही हुने समेत प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

रंगहरुको महान पर्व होली भव्यता पुर्वक मनाउन आग्रह गरिएको छ । धार्मिक एवं साँस्कृतिक दृष्टिले मर्यादित र सभ्य रुपमा मनाउदा मात्रै होलीको महत्व सिद्ध हुने भएकाले सभ्य रुपमा होलि मनाउन गरिएको छ । साथै प्रमुख जिल्ला अधिकारी पन्थीले बैतडीवासीमा होलीको शुभकामना समेत व्यक्त गरेका छन् । 

Leave A Reply

Your email address will not be published.