बैतडी बैतडीको सिगास गाउँपालिका २ मा रहेको गाजरी स्वास्थ्यचौकीमा यहि फागुन २६ र २७ गते ‘गाउँघर चिकित्सक कार्यक्रम’(निशुल्क स्वास्थ्य शिविर) सञ्चालन हुने भएको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागि यो कार्यक्रम सञ्चालन गरिने छ । यो निशुल्क स्वास्थ्य शिविर हो ।
जिल्ला अस्पताल बैतडीको आयोजनामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर फागुन २६ र २७ गते सञ्चालन हुने भएकाले गाजरी स्वास्थ्य चौकीमा आई सेवा लिनहुन स्वास्थ्य चौकीले आग्रह गरेको छ।
यस शिविरबाट विशेषज्ञ स्वास्थ्य सेवा, हाडजोर्नी, दन्त, नाक ,कान, घाटीको उपचार, बाल रोग सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिन गाजरी स्वास्थ्य चौकीका इन्चार्ज जनक सिंह धामीले बताए ।
यसअघि माघ मन्तिम साता जिल्लाको पञ्चेश्वर गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भएको थियो ।