मेलौलीमा निर्बाचन अधिकृतको हातबाट आफ्नो उम्मेदवारी खारेजीको पत्र च्याते

बैतडी-अनेरास्वबियुको तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वभियू सभापति पदका उम्मेदवार धनिदत्त भट्टले आफ्नो उम्मेदवारि प्रति परेको उजुरि पत्र च्यातेका छन। नेबिसंघको तर्फबाट स्वबियु सभापति पदका उम्मेदवार रहेका नबराज भट्टले बिहीबार धनिदत्त भट्टको उम्मेदवारी खारेजिको माग गर्दै निर्बाचन अधिकृतको कार्यालयमा उजुरि हालेको थिए।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कर्मचारिको रुपमा कार्यरत रहेका धनिदत्त भट्टको उम्मेदवारि नियम संगत नरहेको भन्दै नेबिसंघले उम्मेदवारि खारेजको माग गरेको थियो। कुनैपनि सरकारी निकाय तथा कार्यालयमा कार्यरत रहेका ब्यक्तिले उम्मेदवारी दिन नपाउने नियम रहेकाले निर्बाचन अधिकृतको कार्यालयमा उजुरि परेको थियो।

नेबिसंघले निर्बाचन अधिकृत गगन राज पाण्डेयलाई उम्मेदवारी खारेजीको उजुरि पत्र दिसकेपछि अनेरास्वबियुको तर्फबाट स्वभियू सभापति पदका उम्मेदवार भट्टले पत्र खोसि च्यातेको नेबिसंघ जिल्ला सचिब केशब चन्दले बताए।

बिहीबार दिउसो १२ बजेसम्म उम्मेदवार बिरुद्द दाबि बिरोधको समय रहेकाले नेबिसंघले अनेरास्वबियुका सभापति भट्टको उम्मेदवारि नियम संगत नरहेको भन्दै उम्मेदवारि खारेजीको माग गर्दै उजुरि हालेको नेबिसंघ जिल्ला सचिब चन्दले बताए।

भट्टले उम्मेदवारि खारेजीको पत्र च्यातेसगै अहिले मणिलेक बहुमुखी क्याम्पसमा अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी, नेबिसघं र क्याम्पसको बैठक बसि रहेको छ। उजुरि पत्र च्यात्नुको कारण र सरकारी निकायमा कार्यरत ब्यक्तिको उम्मेदवारी के हुने बिषयमा छलफल भईरहेको नेबिसंघ जिल्ला सचिब चन्दले बताए।

अनेरास्वबियुको तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापति पदका उम्मेदवार भट्ट केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका छन।

1 Comment
  1. Debendra Bhatta says

    पत्र च्यात्नु नियम विपरित भयो ।

Leave A Reply

Your email address will not be published.