बैतडी-सुदूरपश्चिम विश्वविद्यालय मातहतको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघका धनी भट्टसहित प्यानलै विजयी भएको छ । सभापतीमा भट्टले १२० मत ल्याए । उनका प्रतिद्धन्द्धी अनेरास्ववियका योगेश मौनीले ३६ मत मात्रै ल्याए ।
सचिवमा नेविसंघकै किशोरराज पन्त(११८), कोषाध्यक्षमा ममता भट्ट(११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन् ।