डडेल्धुरा -नेपाल शिक्षक संघ डडेल्धुराको अध्यक्षमा हेमराज ओझा चयन भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा ओझालाई चयन गरेको हो ।यस्तै संघको उपाध्यक्षमा खगेश्वरी ढाँट र सुरेन्द्र भण्डारी, सचिवमा अशोक बम र डम्मरबहादुर बुढाऐर, सहसचिवमा यशोदा शाही, निर्मला पाण्डेय, प्रेम कैनी, भक्तबहादुर बोगटी र नारायणदत्त पन्त चयन भएका छन् ।
यस्तै सदस्यमा बन्दनासिंह भण्डारी, शान्ति ठकुराठी, बिष्णा भट्ट, जगदिश चटौत, दानबहादुर बोहरा, कर्णदेव पाण्डेय र भोजराज पन्त चयन भएका छन् ।
