बैतडीः एसइई परीक्षालाई मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैमा आग्रह

बैतडी -एसइई परीक्षालाई मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सरोकारवाला निकायलाई आवस्यक सहयोग गरिदिन आग्रह गरिएको छ । देशैभर १७ गतेदेखि हुन गइरहेको माध्यामिक शिक्षा परीक्षा एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित शान्तिपूर्ण, वातावरणमा सञ्चालन गर्न सबै क्षेत्रबाट आवस्यक सहयोग गरिदिन शिक्षा विकास तथा समन्वय इकाई बैतडीको माध्यामिक शिक्षा उर्तीण परीक्षा समन्वय समितिले आग्रह गरेको हो । बैतडीमा साधारणतर्फ ४,९८९, ग्रेडबृद्धितर्फ १४४, प्राबिधिक धारतर्फ २१८गरी ५, ३५१ परीक्षार्थी सहभागि हुदै छन् ।
राजनैतिक दल, स्थानीय तह, केन्द्राध्यक्ष, संचारकर्मी, विद्यालय परिवार, अभिभावक शिक्षक, विद्यार्थी अधिकारकर्मी, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बजार व्यवस्थापन समिति एवं सरोकारवाला निकाय सबैमा आवस्यक सहयोग गरिदिन आग्रह गरिएको हो ।

Leave A Reply

Your email address will not be published.