उदयदेब मन्दिरको छतमा ताम्रपत्र लगाउने कार्य सम्पन्न

बैतडी-मेलौली नगरपालीका–०७ गाउँकोटमा रहेको उदयदेब मन्दिरको छतमा ताम्रपत्र लगाउने कार्य सम्पन्न भएको छ। ताम्रपत्र लगाउनको लागि गाउँकोट मल्लागाउँका किसन चन्दका नाति र भण्डी चन्दका छोरा रमेश चन्द र नारायण चन्दले आर्थिक सहयोग गरेका हुन।

हाल भारत मुम्बईमा बसोबास गर्दै आईरहेका उनिहरुले ६७ हजार २ सय रुपैया नेपाली सहयोग गरेको उदयदेब धार्मिक सेवा समितिका बिरेन्द्र बहादुर चन्दले जानकारी दिए। मन्दिरलाई सहयोग गर्ने दुईटै दाईभाईलाई उदयदेब धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ।

मन्दिरमा मघटस्थापनाको दिन ताम्रपत्र लगाउने कार्य सम्पन्न भएको हो।

Leave A Reply

Your email address will not be published.