जीपको ठक्करबाट एकजनाको मृत्यु

बैतडी –जीपको ठक्करबाट बैतडीमा आज एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथ रहेकी छन्।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड घर नजिकै धौकुचे सडकमा हिँडिरहेका वेला अपराह्न ४ बजे ठक्कर दिएको हो।

जीपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

चालक डिलाशैनी गाउँपालिका-१ का रोशन नाथ र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.