बैतडी -बैतडीको मेलौलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी ८ गतेदेखी १० गते सम्म बैतडी समाज कैलालीको आयोजना तथा मेलौली नगरपालिकाको सहकार्यमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको हो । नाक, कान, घाँटी, दाँत, मानसिक रोग, बाल रोग, छाला रोग तथा पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरुले सेवा लिन सक्ने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।
शिविरमा आँखाको शल्यक्रिया समेत गरिने छ । शिविर संचालनका लागि स्रोत जुटाउने काम भइरहेको शिविरका संयोजक गजेन्द्रजीत चन्दले बताए । शिविरमा १० जना बिशेषज्ञ डाक्टरहरुले सेवा दिने उनले जानकारी दिए ।
शिविरबाट तल्लोस्वराड क्षेत्रका ५ हजार नागरीकले सेवा लिन सक्ने अनुमान गरिएको छ । यस्तै मेलौली नगरपालिकाले शिविर आयोजकलाई खाना तथा बसाई व्यवस्थापनमा सहजिकरण गर्ने नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले जानकारी दिए। यस अघि बैतडी समाज कैलालीले पाटन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।