डडेल्धुराको अजयमेरुमा मेलमिलाप कार्यकर्ताका लागी ३ दिने पुनर्ताजगी तालिम सञ्चालन

बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिकाका आयोजना तथा प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको समुन्वयमा ३ दिने पुनर्ताजगी तालिम सुरु भएको छ। अजयमेरु गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बसन्ती पालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा न १,२, र ३ का ३० जना मेलमिलापकार्याकर्ताहरुको सहभागीता रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पालले वडा स्तरमा हुने ससाना विवादहरको सहजीकरण र समाधानका लागी मेलमिलापकार्यकर्ताहरुले भुुमिका निर्वाह गनुपर्ने बताउनुभयो 

गाउँ समाजमा हुने हिसां न्युनिकरण गरि शान्त समाज निर्माणका लागी मेलमिलापकार्यकर्ताहरु अग्रसर हुनुपर्ने न्यायिक समिति संयोक पालको भनाई छ। साथै तालिम सकिएपछि ६ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने उपाध्यक्ष पालले बताउनुभयो तालिमको सहजीकरण प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रका श्रोत व्याक्ति तेज महरले गरिरहनु भएको छ।

पहिलो चरणको तालिम विहिबार बाट संचालन भई शनिबार सकिने र बाँकी ४,५,६ वडाहरुका लागी आईतबार बाट तालिम संचालन गरिने उपाध्यक्ष पालले बताईन्।

Leave A Reply

Your email address will not be published.