बैतडी- बैतडीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार झुलाघाट नाकाबाट भित्रिएका ८४ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बैतडीमा केरोनाका सक्रिय संक्रमित ७ जना रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिए । छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढीरहेकाले भारतबाट भित्रिनेहरुमा कोरोना संक्रमण भेटिने दर बढेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय बैतडीले पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाड हुने खालका कार्यक्रम नगर्न र मास्क तथा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ ।