मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

बैतडी – डडेलधुराको भागेश्वर गाउँपालिकामा विहिबार बाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । भागेश्वर गाउँपालिकाको आयोजनामा तालिम संचालन गरिएको हो ।
वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि पालिकाका ६ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै भागेश्वर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पुष्पा ठकुराठीले स्थानीय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने जोड दिनुभयो ।

भागेश्वर गाउँपालिका अन्र्तगतका ६ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भईसकेको न्यायिक समितिका संयोजक ठकुराठीले बताईन् ।८ दिनसम्म संचालन हुने तालिममा भागेशवर गाउँपालिका अन्र्तगतका ३० जनाले सहभागिता जनाएका छन । मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन । गाउँका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.