मेलौलीमा नमुना युवा संसद अभ्यास सम्पन्न; सहभागिद्धारा नमुना नगर सभा सञ्चालन

बैतडी-मेलौलीमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ। मेलौली नगरपालीका–०८ कोटिगाँउमा नमुना युवा संसद अभ्यास  कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।

अभ्यासमा नगर सभाको ढाँचा, नगरपालिकाको प्रशासनिक सेवा तथा स्थानीय सरकार ऐनका विषयमा सहाभागिहरुलाई जानकारी गराईएको जनाईएको छ। नगरपालीकामा के कसरि बजेट निमार्ण हुन्छ, निति तथा कार्यक्रम भनेको केहो, यो कसरि प्रस्तुत हुन्छ लगयात नगर सभा सञ्चालनको बारेमा अभ्यास गराईएको वडा अध्यक्ष बिष्टले बताए।

कार्यक्रममा सहभागि बिच बाट नै नगर सभा अभ्यासको लागि नमुना नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य लगायत विभिन्न समितिका संयोजकहरु छनौट गरिएका थिए। जसमा नगर प्रमुखको पदमा सरोज राम लुहार, उप–प्रमुख अमिसा कुमारी लुहार लगायत वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य तथा अन्य समिति संयोजकहरु चयन गरिएका थिए।

नगर सभामा नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य लगायत समिति संयोजकहरुले गर्ने काम कारवाहिको बारेमा अभ्यास गराइएको जनाईएको छ। 

यसैगरि सहभागिहरुले नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको वडा अध्यक्ष बिष्टले बताए।

युवाहरुलाई संसदिय अभ्यासको बारेमा जानकारी दिने उदेश्यका साथ यहि बैसाख १७ गतेदेखि १९ गतेसम्म तिन दिन कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा १६ बर्षदेखि २४ बर्ष उमेर समुहका १६ युवा युवतिहरुले सहभागिता रहेको जनाइएको छ।

नमुना युवा संसद कार्यक्रमले युवाको नेतृत्व र व्यक्तित्व क्षमता विकाससँगै सक्षम युवा पुस्ता उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने आशा लिएको वडा अध्यक्ष बिष्टको भनाई रहेको छ। यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान–सिपको विकास भएको महसुस गर्दै आयोजक समुहलाई सहभागिहरुले धन्यबाद दिएका थिए।

Leave A Reply

Your email address will not be published.