रहेनन् भुपु जिविस सदस्य जयराज जोशी

बैतडी–मेलौली नगरपालिका–५ खलिगाडमा जन्मीएर लामो समय समाजसेवा गरेका जयराज जोशीको निधन भएको छ। हाल कञ्चनपूर निवासी जोशीको ८२बर्षको उमेरमा आइतबार निधन भएको हो।

आजै जन्मदिन समेत परेका जोशीको निधन भएको उनका भाई हरीष प्रशाद जोशीले बताए। मृतक जोशी लामो समय शिक्षक पेषामा आवद्ध थिए। उनले बैतडीका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए।

उनि २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति सदस्य निर्वाचित भएका थिए। मृतका जोशीको भोली बिहान ७बजे दाहसंस्कार गरिनेछ। उनको निवास निम्बुखेडाबाट शवयात्र निकालेर भुजेला घाटमा दाहसंस्कार गरिने उनका भाई हरीषले बताए।

Leave A Reply

Your email address will not be published.