मेलौलीमा पोषणमैत्री स्थानीय शासनको पालिकास्तरिय अभिमुखीकरण सम्पन्न

बैतडी-मेलौलीमा पोषणमैत्री स्थानीय शासनको पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आईतबार नगरपालिकाको सभाहलमाअभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको छ। पोषणमैत्री स्थानीय शासनको अवधारणा, रणनीति र पोषणमैत्री स्थानीय तह घोषणाको चरणहरू, पोषणमैत्री स्थानीय तह घोषणाका सूचकहरु, पोषणमैत्री स्थानीय तह घोषणामा स्थानीय तहको भूमिकाको बारेका जानकारी छलफल गरिएको पोषण संयोजक लक्ष्मी भट्टले जानकारी दिनुभयो।

कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नु पर्ने क्रियाकलाप हरुको जानकारी गराईएको पोषण संयोजक भट्टले बताउनुभयो।

कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द, उप-प्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशि, सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका कर्मचारी र पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीको उपस्थिति रहेको थियो।

यस अभिमुखिकरण कार्यक्रमको मुख्य उद्येश्य पोषण तथा यसका विभिन्न आयाम, यस सम्बन्धमा भएका विभिन्न नीयम तथा कार्यक्रयमको बारेमा जानकारी गराउने रहेको जनाईएको छ। बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक, कायक्रयम सम्बन्धमा जानकारी गराउने बताईएको छ।

Leave A Reply

Your email address will not be published.