डडेल्धुरामा झाडापखालाबाट एक बालिकाको मृत्यु, ३ जना अस्पताल भर्ना

डडेल्धुरा– डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो ।

केही दिनअघि बिरामी परेकी धामीलाई उपचारका लागि जोगबुढा अस्पताल पु¥याइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए।

संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो।

यस्तै सोही गाउँका अन्य ३ जना समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्। संगितासहित एकै परिवारका ५ जना मंगलबार उपचारका लागि जोगबुडा अस्पताल पुगेका थिए।

मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन्।

गुप्तेगडामा झाडापाखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले बताए।

साथै उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ कार्यालय डडेल्धुराबाट थप चेकजाँचका लागि स्वास्थ्यकर्मिको टोली खटाइएको छ।

Leave A Reply

Your email address will not be published.