बझाङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

बझाङ–बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जिप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए । उक्त दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.