मोहन चन्द
श्रावण २८ बिहीबार,२०७८
बैतडी–संजिवनी नेपाल बैतडीले साझेदारी मंचको बैठक सम्पन्न गरेको छ । बैठकमा सुसासन र जवाफदेहिताका औेजारहरुको प्रयोगका बारेमा छलफल गरिएको थियो ।
संजिवनी नेपाल विगत पाँच वर्षदेखि बैतडीको दसरथचन्द नगरपालिकामा सुसासन र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आईरहेको छ ।
संजिवनी नेपालले नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा सुसासन नीती कार्यान्वयन सम्बन्धी तिन सदस्यीय समति गठन गरेको पारस्परिक जवाफदेहिता परियोजना बैतडीका जिल्ला कार्यक्रम अधिकृत शिवराज पनेरुले बताउनु भयो ।
बैठकमा उपस्थिति समितिका पदाधिकारी र नगरपालिकाका जनप्रतिनिधीहरुले नगरपालिकालाई संजिवनी नेपाले सहयोग गर्दै आएको, सुसासन र समाजिक जवाफदेहिताका धेरै टुल्सहरुको प्रयोग गरिरहेको र बाकी टुल्सहरुको पनि प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।