१२औं अन्तर्राष्ट्रिय योग दिवस मेलौलीमा पनि मनाइयो

बैतडी-  १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बैतडीको मेलौलीमा योग कार्यक्रम सम्पन्न गरिएको छ। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली, बैतडीको आयोजनामा कार्यक्रम सम्पन्न भएको आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका सुचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो ।

आज बिहान आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका स्थानीय युवा, सर्वसाधारण तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका अध्यक्ष नारायण राम रहेका थिए भने सहभागीहरूले योग अभ्यास गर्दै योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा पुर्‍याउने सकारात्मक प्रभावबारे जानकारी लिएका थिए।

कार्यक्रममा आयुर्वेद तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धनका लागि नियमित योग अभ्यास आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले योगलाई दैनिक जीवनमा अपनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका अनुसार योग दिवसको अवसरमा स्वास्थ्य सचेतना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.