पाटनका शिक्षण संस्थाहरुमा सोमबार शोक बिदा

बैतडी–बैतडीको पाटन नगरपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्थाहरुमा सोमबार अर्थात भोलि शोक बिदा दिइएको छ ।

बैतडीको शाहीलेकमा शुक्रबार भएको बस दुर्घटनामा पाटन नगरपालिका–४ ठाँडस्थित भुमेश्वर माविका शिक्षक विरेन्द्रबहादुर चन्दको निधन भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

नगर प्रमुखस्तरीय निर्णय अनुसार असार ८ गते सोमबार नगरपालिकाभित्रका सबै शिक्षण संस्थाहरुमा शोक बिदा रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । शिक्षक चन्दको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

शुक्रबार साँझ पौने ६ बजेतिर धनगढीबाट बैतडी सदरमुकामतर्फ गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शाहीलेक नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३५ बर्षीय शिक्षक चन्दको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.