बैतडी -बैतडी जिल्ला सदरमुकामको दशरथचन्द क्रिकेट रंगशाला सुन्दरखालीको निर्माण कार्य अघि बढाइने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैतडीको दशरथचन्दसहित कैलालीको फाप्ला, मोरङको बिराटनगर क्रिकेट रंगशालाको पुर्वाधार निर्माण कार्य अघि बढाइने घोषणा गर्नुभएको हो ।
दशरथचन्द रंगशाला वि।स। २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि।स। २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो । तर त्यसपछि पनि ठोस प्रगति भएको छैन ।