डडेल्धुराकाे भागेश्वर चुल्लमा अझै पुगेन्न बिद्युत, स्थानिय सरकार माैन

डडेल्धुरा-भागेश्वर गाउँपालिकाको वडा.न.४ बन्चुल्ल, खेतगाउँ, र ५को चुल्लमा अझै बिद्युत बिस्तार नहुँदा स्थानिय अन्धकारमै बस्नु बाध्य भएका छन्। दुई बर्ष अगाडी पोल गाडेको भए पनि काम कचुवा को गतिमा हुँदा स्थानिय मोबाईल चार्ज समेत गर्नू डेढ घण्टा हिडेर बगरकोट बजार जानु पर्ने बाध्यता रहेको स्थानिय केशब बोहराले बताए। उनले भने पटक पटक स्थानिय सरकारलाई गुहारे पनी कहिले नयाँ बर्षमा पुग्छ त कहिले दशै तिहार मै पुग्छ भनेर खाली आशवाशन दिने गरेको बताएका छन्।
लामो समय सम्म कामले गति नपाउदाँ थन्काएर राखेको ट्रान्सफर्मरमा समेत खिया लागिसकेको छ्। गाडीएको पोलहरु पनि ढल्ने अवस्थामा पुगेका छन्। यो २१ औ शताब्धीमा उही टुक्की,द्यालो बालेर बस्नु पर्ने बाध्यता रहेको र जसको कारण बिद्यार्थीको पढाईमा बाधा पुगिरहेको अर्का स्थानिय डम्बर बिष्ट ले बताए । उनी ले दुखेसो पाख्दै भने, ‘‘उज्यालो भागेश्वोर को नारा लिएर अघि बढेको पालिकालाई समेत यसले गिज्जाइरहेको छ।
यता, गाउँपालिका अध्यक्ष हेम राज चटौत भने अब दशै तिहार भित्रै बिजुली बलि सक्ने बताएका छन्। आधारभुत आवश्यकता को रुपमा लिइने बिद्युत ग्रमिण भेगमा नपुग्दा स्थानियहरु सास्ती भोगिरहेका छन्। नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले अब ‘जिल्लाभर अब २० प्रतिशत मात्र विधुत् विस्तारको कार्य बाँकी रहेको जनाएको छ्।

Leave A Reply

Your email address will not be published.