बिपद जोखिम न्यूनिकरण सम्बन्धि पञ्चेश्वरमा सडक नाटक प्रर्दशन

बैतडी-पञ्चेश्वरमा बिपद जोखिम न्यूनिकरण सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको छ। नेपाल रेडक्रस सोसाईटी बैतडी शाखा सुरक्षित नेपाल परियोजनाको आर्थिक सहयोग र डुग्रीखान माबिको आयोजनामा नाटक प्रर्दशन गरिएको जनाइएको छ।

पञ्चेश्वर गाउँपालिका-०१ को भुमिराज सामुदायिक टोलमा शुक्रबार र शनिबार सेरि बैसेक टोलमा नाटक प्रर्दशन गरिएको सामुदायिक प्रशिक्षक रुपक कठायतले बताए। बिपद जोखिमका बेला अपनाईने सावधानिका बारेमा सडक नाटक मार्फत जनाकारी गराईएको उनले बताए।

कुनैपनि बिपद आउनु पुर्ब के केसरि सुरक्षा सावधानि अपनाउने, भुकम्प र बाढि पहिरोबाट कसरि सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा सडक नाटक प्रर्दशन गरिएको जनार्ईएको छ। सडक नाटक प्रर्दशन गरिएका समुदायहरुमा करिब दुईसय ब्यक्तिहरुले बिपद आउनुपुर्ब गरिने सुरक्षाका बिषयमा ज्ञान लिएको बताईएको छ।

Leave A Reply

Your email address will not be published.