बैतडीः पाटन -१ को सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

बैतडी-बैतडीको पाटन नगरपालिका -१ को सकार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पुरा भएपछि बुधबार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले जानकारी दिए ।

सकार स्वास्थ्य चौकी पाटन नगरपालिका अन्तर्गतको पोषण मैत्री स्वास्थ्य संस्था घोषणा हुने पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य कर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक औजार उपकरणहरू भएको ,औषधी पोषणका लागि चाहिने भिटामिन ए बालभिटा, जुकाको औषधी पर्याप्त मात्रामा भएको लगायतका स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्डहरू गरेकाले सरकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए ।

वडा नम्बर १ का वडाअध्यक्ष स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तर्क सिह ठगुन्नाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गौरी सिंह रावल, विशिष्ट अतिथि नगर उपप्रमुख कमल सिह बोहरा , प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट, पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनद सिह महरा रहेका सकार स्वास्थ्य चौकीका ईन्चार्ज नरेन्द्र भट्टराई जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.