पुर्चौडि नगरपालिका ७ मा एकल महिलालाई बाख्रा बितरण

बैतडी-पुर्चौडि नगरपालिका– ०७ ले एकल महिलालाइ बाख्रा बितरण गरेको छ। भेटेरेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीको आर्थिक सहयोग, र वडा नः ७ को पहलमा आज बुधबार बाख्रा बितरण गरिएको हो। आफ्नो वडाभित्र रहेका १५ जना एकल महिलालाइ उन्नत जातको बाख्रा बितरण गरिएको वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले बताए। २०बर्ष देखी ५० बर्ष उमेर समुहका एकल महिलालाइ बाख्रा बितरण गरिएको जनाइएको छ।
जिवन यापन गर्न थोरै भएपनी सहज होस भन्ने उदेश्यका साथ बाख्रा बितरण गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.