बैतडी-बैतडीको मेलौली नगरपालिका–७, दबानी धौलीमाटी निवासी ५६ वर्षीय कृष्णदत्त अवस्थी (भक्त) विगत ३ दिनदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार अवस्थी असार ११ गते बिहीबार साँझ करिब ८ बजे काँडा व्रतबन्धमा जान्छुू भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी घर नफर्किएको र कुनै पनि माध्यमबाट सम्पर्कमा नआएको परिवारले जनाएको छ।
परिवार, आफन्त तथा इष्टमित्रले सम्भावित सबै स्थानमा खोजी गर्दा पनि हालसम्म उनको कुनै अत्तोपत्तो नलागेको बताइएको छ। अवस्थी हराएपछि परिवार चिन्तित बनेको छ। हराउँदा उनले फोटोमा देखिएजस्तै भोटो, पाइन्ट तथा सेतो रङको रातो धर्का भएको कमिज लगाएका थिए।
उनीबारे कसैले देखे, भेटे वा कुनै जानकारी पाएमा ९७६१२१६९५५ नम्बरमा तत्काल सम्पर्क गरिदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ। स्थानीयवासी तथा सरोकारवाला सबैलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ।