बैतडीको दोगडाकेदार गाउँपालिका–०४ कपिन्नाका एक पाँच वर्षीय बालकको मृगौलामा समस्या आएको छ। कपिन्नाका प्रकाशचन्द्र भट्टको छोरा पाँच वर्षीय अशोक भट्टको मृगौला खराब भई प्रत्यारोपण गर्नुपर्ने भएकोले सहयोगको अपिल गरिएको छ।
मृगौला प्रत्यारोपण गर्न काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा उपचाररत भट्टको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगको अपिल गरिएको हो। आर्थिक अवस्था निकै कमजोर रहेको र छोराको मृगौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने भएकोले सहयोग गरिदिन भट्टले आग्रह गर्नुभएको छ।
छोराको मृगौला प्रत्यारोपण गर्दा लाखौं खर्च लाग्ने भनेको र आफूसंग उक्त रकम नभएकोले सहयोगको याचना गरिएको हो। आर्थिक सहयोग गर्न इच्छुक व्यक्तीहरुले निम्न खातामा रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।
प्रकाशचन्द्र भट्ट
खाता नम्बर-४३६०१०००००१५६१०४
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नारायणपुर,दाङ ।
खाता मोबाइल नम्बर-९८४८९७९४१५
फोन नम्बर-९८२१९१५२३३
भारतबाट सहयोग गर्नका लागि
९१९९७१०६२९७७
जयराज भट्ट
फोन पे, पेटियम, गुगल पे