मेलौली-०७ द्धारा स्वयंसेविका तथा उत्कृष्ट कृषक कर्मचारीलाई सम्मान

बैतडी-मेलौली नगरपालिका-०७ ले महिला स्वास्थ्य स्वयंसेविका तथा उत्कृष्ट कृषक कर्मचारीलाई सम्मान गरेको छ। वडा कार्यालयको आयोजनामा मंगलबार एक कार्यक्रमका बिच प्रोत्साहन स्वरुप सम्मान गरिएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।

वडामा रहेका ११ जना सामुदायिक महिला  स्वास्थ्य स्वयंसेविका, ७ जना उत्कृष्ट कृषक र २ जना कर्मचारीलाई नगद ५ हजार सहित सम्मान गरिएको हो। वडा सचिब चिन्तामणि भट्ट, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब लोकराज भट्टलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको जनाईएको छ।

महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी र कृषकहरुलाई आ–आफ्नो क्षेत्रमा अझ काम गर्ने हौसला मिलोस् भन्ने उदेश्यका साथ सम्मान गरिएको वडा अध्यक्ष भट्टले बताए।

Leave A Reply

Your email address will not be published.