बैतडी । मेलौली नगरपालिका–०७ बनालीकि स्वर्गीय कमला चन्दको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आर्थिक सहयोग गरिएको छ। आप टिप्ने क्रममा रुखबाट खसि मृत्यु भएकि चन्दका् परिवारलाई आर्थिक सहयोग हस्तातरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगरसभापति अर्जुन दत्त भट्टले जानकारी दिनुभयो।
बुधबार मृतक चन्दका श्रिमान सुरेन्द्र बहादुर चन्दलाई घरमै पुगि रास्वपा मेलौली नगर समितिका सदस्यहरुले आर्थिक सहयोग हस्तातरण गरेका हुन। बिभिन्न ब्यापारी, समाजसेबी, शिक्षक, कर्मचारी र स्वास्थ्यक्रमिहरुबाट सकंलित दश हजार नौ सय पचास रुपैया हस्तान्तरण गरिएको जनाईएको छ।
मानव जिवनमा कसैका लागी काम लाग्न सक्नु नै मानवीय धर्म रहेकाले थोरै भएपनि आर्थिक रकम सकंलन गरी हस्तान्तरण गरिएको (रास्वपा) मेलौली नगरसभापति भट्टले बताए।

