डिलासैनीले आफ्नै निशान छाप र पालिका गान बनाउदैं

बैतडी -बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने भएको छ । गाउँपालिकाको विशिष्ट पहिचान मौलीक पहिचान झल्कीने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो ।
सूचना अनुसार योग्य कलाकारहरुले आ आफ्नो रचना र निशास छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरिएको छ ।
उत्कृष्ट रचनाकार तथा कलाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.