बैतडीको पञ्चेश्वरमा महिलाहरुका लागि सिलाई-कटाई तालिम सञ्चालन

बैतडी-पञ्चेश्वरमा महिलाहरुलाई सिलाई कटाई तालिम दिन थालिएको छ। गाउँपालिकाको–०१ मा महिलाहरुलाई सिलाई कटाई तालिम दिन थालिएको हो।

महिलाहरुलाई आत्मनिर्भर बनाउने धेयले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष दिवान सार्कीले जानकारी दिए। वडाको बजेटबाट सिलाई कटाई तालिम सञ्चालन गरिएको उनले बताए।

गाउँ समाजमा पछाडि परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आफुले सिलाई कटाई तालिमको अवधारणा अघि सारेको वडा अध्यक्ष सार्कीले बताए। ९ गते देखि सञ्चालन भएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको बताइएको छ।

एक सय २० दिन चल्ने तालिममा महिलाहरुलाई कपडा सिउने कला सिकाइदै छ। सिलाई कटाई पछि कुनै महिलाहरुले व्यवसायिक रुपले काम गर्न चाहे वडाले सहयोग गर्ने वडा अध्यक्ष सार्कीको भनाई छ।

सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.