डडेल्धुराको भागेश्वरमा निःशुल्क कानूनी सहायता कक्ष स्थापना

  • केशव भण्डारी

डडेल्धुराको भागेश्वर गाउँपालिकामा निःशुल्क कानूनी सहायता कक्ष स्थापना गरिएको छ। आइतबार बहुउद्देश्यीय विकास समाज एमपीडीएसको एटूजे परियोजनाले गाउँपालिकाको केन्द्र बगरकोटमा निःशुल्क कानूनी सहायता कक्ष स्थापना गरिएको हो।

कानुनलाई बृहत् रूपमा दुर्गम गाउँबस्तीमा पुर्‍याई अपराधजन्य घटनामा कमी ल्याउन र चाँडो सबै नागरिकको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकासँगको समन्वयमा कानुनी सहायता कक्ष स्थापना गरिएको परियोजना संयोजक धनबहादुर भण्डारीले बताए।

उनका अनुसार कानुनी सहायता कक्षबाट घरेलु हिंसा, अपराध र लागुऔषधदुव्र्यसनी विरुद्धको कानुनबारे जानकारी दिइनेछ। अपराधका बारेमा जानकारी, अपराधिक दण्ड सजाय, न्यायका लागि कानूनी प्रक्रिया तथा न्यायमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले पनि सहायता कक्ष स्थापना गरिएको संयोजक भण्डारीले बताए।

कानुनका बारेमा गाउँ समाजका नागरिकलाई चेतना जोगाउनुका साथै कानूनी परामर्शका दिन थालिएको भागेश्वरमा खटाइएका कानुनी सहजकर्ता योगेश ठकुराठीले बताए।

ग्रामीण भेगमा कानुनी जानकारी नहुँदा अपराधी कार्यहरू दिनप्रतिदिन बढ्दै गएका गइरहेका छन्। घटना घटिसकेपछि गाउँघरमै मिलापत्र गर्नेजस्ता कार्यले जधन्य अपराधमा बढिरहेका छन्। निःशुल्क कानूनी सहायता कक्ष स्थापना भएसँगै यस्ता किमिसका घटनामा न्यूनीकरण हुने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.