डडेल्धुराको अजयमेरु गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान

डडेल्धुरा -डडेल्धुराको अजयमेरु गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका चार जनाको परिवारलाई पालिकाले सम्मान गरेको हो। एक औपचारी कार्यक्रमका बिच गाउँपालिकामा रहेका चार सहिदलाई ३२ इन्ची टिभि, सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट (विकाश)ले बताए ।

गाउँपाकिाले सहिद सम्मान कार्यक्रमलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । यस्तो अवस्थामा परिवारको सम्मान गर्नू स्थानीय सरकारको कर्तव्य हो ।’

सहिद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरुमा पनि प्रोत्साहन गाउँपालिको गर्ने गरेको छ । अध्यक्ष भट्टले भने, ‘गाउँपालिकाभित्रका सबै सहिदा परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’

सम्मानपछि बोल्दै सहिद परिवारका तर्फबाट सहिद गौतम बोहराका परिवारका सदस्य माया बोहराले सहिद भएकाको परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । आर्थिक बर्ष २०७९र८० को बार्षीक स्विकृत कार्यक्रम अनुसार सहिद सम्मान गरिएको र चालु आर्थिक बर्षमा पनि सहिद सम्मान कार्यक्रम राखेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताए । अजयमेरु गाउँपालिका अध्यक्ष भट्ट सहिद परिवारका सदस्य पनि हुन ।

Leave A Reply

Your email address will not be published.