बैतडी । मेलौली नगरपालिका–०८ कोटिगाँउका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। वडाको तर्फबाट वडा भित्रका सामुदायिक बिद्यालय तथा बाल बिकास केन्द्रमा अध्ययनरत शिशु र कक्षा १ का सम्पूर्ण बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष तपेन्द्र सिंह बिष्टले बताए।
शिशु कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई एलसिडी लेखन ट्याब्लेट र कक्षा १ मा अध्ययनरत बिद्यार्थीहरुलाई पुःन प्रयोग गर्न मिल्ने म्याजिक कपि वितरण गरिएको वडा अध्यक्ष बिष्टले बताए। साना बिद्यार्थीहरुलाई पढ्न केहि हदसम्म सहज होस र कागज रहित वातावरण होस भन्ने उदेश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको उनले बताए।
यसैगरी शैक्षिक सामग्रीसंगै प्रत्येक बिद्यालयहरुलाई शुद्ध पानि पिउने फिल्टर पनि वितरण गरिएको छ। कमलपुर माबिलाई ६, गंगेश्वर आधारभुत बिद्यालयलाई ४ र निलपाल प्राबिलाई ३ ओटा शुद्ध पानि पिउने फिल्टर वितरण गरिएको जनाईएको छ। वडा अध्यक्ष बिष्टको यो कार्य निकै प्रशंसनिय रहेको स्थानियहरुको भनाई रहेको छ।
एक दमै सान्दर्भिक काम धेरै धेरै धन्यबाद