बैतडीका तटिय क्षेत्रमा बासिन्दाहरुलाई सर्तकता अपनाउन आग्रह


मेलौली न्युज कात्तिक १, सोमबार २०७८

बैतडी–लगातारको बर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । हिजो साँझ देखी सुरु भएको बर्षा अझ २ दिन सम्म जारी रहने भनिएकाले नदिमा पानीको बहाव बढ्दा जोखीम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।

तटिय क्षेत्रमा पर्ने स्थानियतहहरुका अधिकारीलाई आ–आफ्नो क्षेत्रमा सर्तकताका लागी सुचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । बैतडीको महाकाली तटिय क्षेत्रका स्थानियतहहरुमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेकाछन् ।

यसैगरी जिल्लाको सिगास गाउँपालिकाका केहि वडाहरु सेति नदि तटिय क्षेत्रमा रहेका छन् भने, डिलाशैनी गाँउपालिकाको केहि भु–भाग चौलानी नदि तटिय क्षेत्रमा रहेको छ । यसैगरी सुर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाका केहि भु–भाग सुर्नया नदिको तटिय क्षेत्रमा पर्दछन् ।

नदिहरुको बहाव बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यद्यपी अहिले सम्म नदिको बहाव खतराको सतहसम्म भने पुगेको छैन् । तर अझै तिनदिन सम्म लगातार बर्षा जारी रहने मौसमविदले बताएकाछन् ।

Leave A Reply

Your email address will not be published.