प्रमुख प्रशासकीय अधिकृत शर्माको तीन महिनामै सरूवा

 बैतडी – बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको अर्घाखाँची सरूवा भएको छ । नेपाल सरकारका उपसचिव शर्मा गत जेठ महिनामा मात्रै पाटन नगरपालिका बैतडीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनु भएको थियो । उहाँको तीन महिनामै सरूवा भएको हो ।
संघीय मामिला तथा सामान्य मन्त्रालयले उनलाई अर्घाखाँचीको शितगंगा नगरपालिकामा सरुवा गरेको हो । यसअघि पनि पाटन नगरपालिकामा उपसचिव ओमप्रशाद पाण्डेको एक महिनामै सरुवा भएको थियो ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सुरूमा पाउनै गाह्रो, पाएपनि टिकाउनै मुस्किल देखिएको छ ।

Leave A Reply

Your email address will not be published.