कमलपुर माबिद्धारा एक बर्षमा ७६ लाखँ ६४ हजार २८८ रुपैयाँको कारोबार

बैतडी । कमलपुर माध्यमिक बिद्यालय मेलौली नगरपालिका-०८ कोटिगाउँको ५४ औँ बार्षिकोत्सब तथा अभिभावक सम्पन्न भएको छ। सोमबार बिद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच ५४ औँ बार्षिकोत्सब तथा अभिभावक सम्पन्न गरिएको बिद्यालयका प्रधानाध्यापक मन्धीर राम लुहारले बताए।

कार्यक्रममा बिद्यालयको बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक लुहारले बिद्यालयको कुल आय ७६ लाखँ ६४ हजार २८८ रुपैयाँ ६७ पैसा रहेको जानकारी गराएका थिए। यर्सगरी कुल खर्च ७१ लाखँ ८१ हजार २५७ रुपैयाँ २८ पैसा र ४ लाखँ ८३ हजार ३१ रुपैयाँ २९ पैसा मैज्दात रहेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो।

बिद्यालयले बर्षभरिमा गरेका बिभिन्न कार्यक्रमको प्रगती र समिक्षा पनि गरिएको थियो। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्रुघन सिह बिष्टको सभाध्यक्षता र मेलौली नगरपालिका नगर–प्रमुख भिम बहादुर चन्द प्रमुख अतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

यसैगरी कार्यक्रममा मेलौली नगरपालिका–०८ का वडा अध्यक्ष तपेन्द्र सिह बिष्ट, मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, नेकपा माओबादी प्रदेश कमिटी अध्यक्ष ईश्वरी भट्टको पनि उपस्थिती रहेको जनाईएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले समग्र मेलौली नगरपालिकाको शैक्षिक स्तर सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताएका थिए। नगरपालिकाबाट हुने र आफुले बिभिन्न माथिल्लो निकायसगं समन्वय गरी शिक्षा प्रणालीमा कसरि सुधार ल्याउन सकिन्छ भनि पहल गर्ने बताएका थिए।

कार्यक्रममा बिभिन्न बिभिन्न संघ सस्थामा आबद्ध कर्मचारी, राजनिति दलका प्रतिनिधि, समाजसेबी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा सास्कृतिक एंब मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाईएको थियो।

Leave A Reply

Your email address will not be published.